Pokhara University Student Portal (PUSP) सञ्चालन सम्बन्धी सूचना

पोखरा विश्‍वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा Pokhara University Student Portal (PUSP) सञ्चालन

मिति: २०८३/०१/३१

पोखरा विश्‍वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरुलाई प्रदान गर्ने सेवाहरूलाई थप प्रभावकारी, छिटो-छरितो तथा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले Pokhara University Student Portal (PUSP) सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सम्पूर्णमा सहर्ष जानकारी गराउदछौं । विश्‍वविद्यालयमा अध्ययनरत, उत्तीर्ण हुन बाँकी तथा उत्तीर्ण भइसकेका सम्पूर्ण विद्यार्थीहरूले अब विभिन्न शैक्षिक सेवाहरू अनलाइन माध्यमबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् । विश्‍वविद्यालयले सम्बन्धित सबै विद्यार्थीहरूलाई Portal मा Sign Up गरी Login गर्न तथा सम्बन्धित कलेजहरूलाई विद्यार्थी विवरण रुजु गरी Student User Verify गर्नुहुन जानकारी गराइन्छ । 

Portal मार्फत उपलब्ध हुने सेवाहरू

  • Examination Application Form
  • Online Result 
  • Online Grade Sheets
  • Transcript / Migration / Provisional Certificate Application 
  • Convocation Application 
  • Degree Certificate Application
  • No Objection Certification (NOC) Request/Consent Application 
  • Nagarik App Request/Consent Application 

विद्यार्थीहरूले विश्‍वविद्यालयले जारी गरेका लव्धाङकपत्र (Transcript) Nagarik App मार्फत हेर्न पाउने साथै वैदेशिक अध्ययन स्वीकृतिपत्र (NOC) पोर्टलमा अन्तरआबद्ता भइसकेको र विवरण छुट हुन गएका विद्यार्थीहरूले Pokhara University Student Portal (PUSP) गई NOC Request/Consent Application तथा Nagarik App Request/Consent Application भर्नुहुन यसै सूचनामार्फत सबैमा जानकारी गराइन्छ ।

  Posted On: 5/14/2026